मुख्यमन्त्री गुरुङ्ले गर्नुभयो कालिका सामुदायिक अस्पतालको अनुगमन

असोज २७, २०७७


२०७७ बैशाख, २ भीरकोट

स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. १ मा पर्ने कालिका सामुदायिक अस्पतालको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले अनुगमन गर्नुभएको छ ।

कोरोना भाइरसले त्रसित बनाइरहेको अवस्थामा गण्डकी प्रदेशले ११ वटै जिल्लामा आइसोलेसन निर्माणको लागि पालिकाहरुलाई निर्देश गरेको थियो । सोही निर्णय पालना भयो की भएन भनी आज मुख्यमन्त्री संयम अनुगमनका लागि जिल्ला आउनुभएको हो ।

अस्पतालहरुको अनुगमन गर्ने क्रममा भीरकोट नगरपालिकाले निर्माण गरेको आइसोलेसन कक्षको मुख्यमन्त्री गुरुङ्ले अनुगमन गर्नुभएको हो । स्याङ्जा जिल्लाको बीच भागमा पर्ने भीरकोट नगरपालिका र यही नगरमा रहेको ५० शैयाको कालिका सामुदायिक अस्पताललाई सबैको पहुँचमा ल्याउनको लागि अस्पतालको स्त्तरोन्नती गर्न र आवश्यक सामग्रीको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री गुरुङ्ले बताउनुभयो ।

कोभिड १९ बाट हालसम्म भीरकोटमा कुनै पनि संक्रमित र लक्षण पनि देखा नभएको भन्दै नगर प्रमुख छायाराम खनालले सरकारले गरेको लक डाउनको पालना गर्न सबै भीरकोटबासीलाई आग्रह गर्नुभयो । यदी कोभिड १९ को केही लक्षण देखा परे नजिकैको स्वास्थ्य संस्थामा गई चेकजाँच गर्न समेत प्रमुख खनालले बताउनुभयो । भीरकोटबासीको स्वास्थ्यलाई ख्याल गरी कोभिड १९ बच्नको लागि भू.पू. सैनिक कम्युनिटी एकेडेमीमा १५ बेडको क्वारेन्टाइन, कन्साईन्स बोर्डिङ् स्कूलमा १० बेडको क्वारेन्टाइन कक्षको व्यवस्था गरिएको छ भने ५० बेडको सेमी आइसोलेसन बेड कालिका सामुदायिक अस्पतालमा निमार्ण भएको नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।