भीरकोट ७ मा आधारभूत स्वास्थ्य केन्द्रको शिलान्यास ।

कार्तिक ०१, २०७७


भीरकोट खबर डेस्क/कार्तिक १, भीरकोट

तस्बिरः तारा प्रसाद अर्याल

कार्तिक १ गते सोमबार घटस्थापनाको दिनमा भीरकोट नगरपालिका वडा नं. ७ पासिण्डाँडामा चार कोठे आधारभूत स्वास्थ्य केन्द्रको विधिवत शिलान्यास सम्पन्न भएको छ ।

भीरकोट नगर प्रमुख छायाराम खनालद्धारा शिलान्यास गरिएको कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेल, वडा सदस्य भोट बहादुर गोदार, समाजसेवी तारा प्रसाद अर्याल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले ‍‍‍‍‍‍आधारभूत स्वास्थ्य चौकीको निर्माणले जनताले घर दैलो निरै स्वास्थ्य सेवा छिट्टै नै पाउने कुरा बताउनु भयो ।

यसै आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी शिलान्यास गरिएको उक्त ४ कोठे आधारभूत स्वास्थ्य केन्द्रको लागि केन्द्रिय स्वास्थय मन्त्रालय मार्फत रु‍. ३८ लाख बजेट बिनियोजन भई टेन्डर आह्वान गरिएकोमा जे.एल.सि. बिल्डर्सले निर्माण कार्य गर्नेछ ।

तस्बिरः तारा प्रसाद अर्याल