प्रहरीद्धारा वेवारिसे सालको काठ वरामद

कार्तिक ०६, २०७७


Leave empty if the image iLeave empty if the image is purely decorative.Leave empty if the image is purely decorative.Leave empty if the image is purely decorative.s purely decorative.

स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. १ खोलेगाँउ भन्ने भित्री सडक खण्डको जंगलमा स्याउलाले छोपी राखेको अवस्थामा ३०६.३४ क्यू फिट बराबरको २१८ थान चारपाटा हानेको सुकेको सालको काठ चापाकोट प्रहरीले बरामद गरेको छ ।
प्रहरीद्धारा बरामद गरीएको उक्त सालको काठ चापाकोटका जनप्रतिनिधि र प्रशासनको रहोवरमा बुधबारनै सव-डिभिजन वन कार्यालय चापाकोटमा बुझाई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले वताए ।