अवैध लागुऔषध सहित मानिस पक्राउ

कार्तिक ०६, २०७७


चाडपर्व नजिकीए संगै लागुऔषध ओसार पोसार गर्ने प्रति प्रशासनको कडा निगरानी, ओसारपोसारमा वालवालिकाको प्रयोग |
स्याङ्जाको वालिङ् नगरपालिका वडा न १३ बायाटारी स्थीत सिद्धार्थ राजमार्गमा प्रहरीको चेक जाँचको क्रममा गल्याङ् नगरपालिका वडा नं. ८ वस्ने वर्ष १८ को सुवास भन्ने होम वहादुर रोकालाई अवैध लागु औषध सहित प्रकाउ गरीएको हो ।
होमको साथवाट लागु डाईजेपाम २३ एम्पुल,फेनरागन २३ एम्पुल र निर्फिन २३ एम्पुल फेला परेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवत्ता राजेन्द्र प्रसाद अधिकारीले वताए ।