सहयोग रकम हस्तान्तरण

फागुन ०३, २०७८


प्रकाश अर्याल, ३ फागुन २०७८                      भीरकोट नगरपालिका वडा नं ५ स्थित सिम्ले निवासी स्वर्गीय अंकित सिंह ठकुरीको नवौं पुण्य तिथिको अवसरमा स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याल लगायतका विभिन्न व्यक्तिहरुको सक्रियतामा संकलन गरिएको जम्मा रकम रु आठ लाख रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ।
यस अघिका वर्षहरूमा पनि विभिन्न समस्यामा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्दै आएको स्याङ्जा सहयोग समाज पोर्चुगलको सक्रियतामा संचालित सहयोग रकम संकलन अभियानमा स्याङ्जा सहयोग समाज स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, एनआरएनए पोर्चुगल लगायतका संस्थाबाट संकलित रकम मध्ये करिब ५ लाख रुपैयाँ शव पोर्चुगलबाट काठमाडौं सम्म ल्याउनका लागि खर्च गरिएको र बाँकी रकम रु आठ लाख परिवारलाई हस्तान्तरण गरिएको थियो।



संकलित रकम हस्तान्तरण कार्यक्रममा रकम हस्तान्तरण गर्दै भीरकोट नगर प्रमुख छायाराम खनालले ठूलो मेहनतबाट संकलित रकमको सही ठाउँमा सदुपयोग गर्न परिवार जनमा अनुरोध गर्दै शोकाकुल परिवार तथा इष्टमित्रमा समवेदना तथा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथै सहयोगी व्यक्तिहरूलाई हार्दिक धन्यवाद प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्य, भीरकोट ५ का वडा अध्यक्ष एवम् नेपाली कांग्रेस भीरकोट सभापति याम प्रसाद अधिकारी (लक्ष्मण),स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सचिव मिन क्षेत्री, स्याङ्जा सहयोग समाज पोर्चुगलका सल्लाहकार विपिन अर्याल लगायतका व्यक्तिहरूले समवेदना तथा श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो भने रकम हस्तन्तरण कार्यक्रमको सञ्चालन भीरकोट जेसिजका अध्यक्ष समेत रहनुभएका कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो ।