हिमालय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड मार्फत पठनपाठन
कास्कीको मादि गाउँपालिकामा वडा नम्बर ९ मा अवस्थित हिमालय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ बाट कक्षा १० मा स्मार्ट बोर्ड मार्फत पठन पाठन हुदै आएको छ । गुड नेवर्स इन्टरनेसनल र नौलो घुम्ती नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालयलाई स्मार्ट बोर्ड प्राप्त भएको हो ।
स्मार्ट बोर्ड मार्फत शिक्षण सिकाइ क्रियाकलाप गर्दा छिटो स्मरण हुने र लामो समयसम्म सम्झन सकिने विद्यार्थीहरुले बताएका छ्न् ।साथै उक्त बोर्ड मार्फत विज्ञान, गणित लगायत अन्य विषय पनि सरल तरीकाले पढाउन मिल्छ।स्मार्ट बोर्डको प्रयोग मार्फत ईन्टरनेटमार्फत आवश्यक थप शैक्षिक सामाग्री प्रस्तुत गर्न सकीने र सोही अनुसार गरीएको र यस शैक्षिक सत्रमा शैक्षिक गुणस्तरमा वृद्धि हुने कुरा विद्यालयका प्रधानाध्यापक चन्द्रमणी अधिकारीले बताउनुभयो ।
मादि गाउँपालिका वडा नम्बर ९ मा रहेको यस विद्यालय गाउँपालिकाको वडा नम्बर ८ र ९ को एक मात्र माध्यमिक विद्यालय हो ।वि.सं. २००४ सालमा स्थापित यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ ।वडा न ८ र ९ को एकमात्र माध्यमिक विद्यालय भएकोेले यस विद्यालयमा करिब ३ घण्टा सम्म हिँडेर विद्यार्थीहरू आउने गर्दछ्न् ।