स्मार्ट अखबार संवाददाता
१ साउन २०७९

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र शिव मन्दिरमा फ्री वाइफाइ जडान गरेको छ। वर्ल्डलिङ्कको वालिङ शाखा प्रमुख खगेन्द्र भट्टले सामाजिक उत्तरदायित्व अन्तर्गत श्रद्धालु भक्तजनहरूको सुविधाका लागि फ्री वाइफाइ जडान गरिएको बताउनुभयो। हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनलाई मध्येनजर गरेर आज आइतबार फ्री वाइफाइ जडान गरिएको हो।

हिन्दु धर्मावलम्बीहरूको मुख्य चाडपर्वहरू शिवरात्री, एकादशी, संक्रान्ती, साउन महिनाको हरेक सोमबार छाँयाक्षेत्र शिव मन्दिरमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। वालिङ शाखा अन्तर्गत भीरकोट, चापाकोट, गल्याङ र वालिङ् नगरपालिका र कालीगण्डकी गाउँपालिकामा तिव्र गतिमा वर्ल्डलिङ्कको नेटवर्क र ग्राहक संख्या विस्तार भैरहेको छ।माछापुच्छ्रे सहकारी संस्था लिमिटेड भीरकोटका प्रबन्धक सुन्दर कोइरालाले यस क्षेत्रका बासिन्दाले वर्ल्डलिङ्कको वाइफाइलाई सबैभन्दा भरपर्दो र विश्वासिलो मान्ने गरेको बताउनुहुन्छ।

देशका ७७ वटै जिल्लामा भरपर्दो र विश्वासिलो सेवा प्रदान गरिरहेको वर्ल्डलिङ्कले ग्राहकको आवश्यकता अनुसार होम प्याकेज तथा अफिसियल प्याकेज उपलब्ध गराउँदै आएको छ। ग्राहकको अपेक्षा अनुसार समयमै हुने गुनासो सुनुवाई तथा मर्मत संभारले गर्दा वर्ल्डलिङ्कले ग्राहकहरूको मन जितेको ठान्नुहुन्छ भीरकोट नगरपालिकाका सूचना प्रविधी अधिकृत कमल रेग्मी। वर्ल्डलिङ्कसँगको सहकार्यमा भीरकोट नगरपालिकाले पनि पालिकाका विभिन्न १० वटा सार्वजनिक स्थानहरुमा फ्री वाइफाइ जडान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here