स्व. ढकालको स्मृतिमा एकाउन्न हजारको अक्षयकोष 

भदौ १७, २०८१     अर्जुन काफ्ले


समाजसेवी स्व. यम नारायण ढकालको प्रथम स्मृति दिवसमा विद्यालमा ५१ हजार रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । ढकालको आफ्नै जन्मथलो आँधीखोला गाउँपालिका वडा नं. ६ टिकाजामा रहेको शारदा मन्दिर माध्यमिक विद्यालयमा परिवारले अक्षयकोष स्थापना गरेका हुन् ।



शारदा मन्दिर मा.वि. मा स्व. ढकालले दुई कार्यकाय अध्यक्ष भई योगदान गरेका थिए। अक्षयकोषको ब्याजबाट आउने रकमबाट जेहेन्दार तथा गरिब विद्यार्थीलाई प्रदान गरिने छ भने परिवारले कोषमा थप रकम समेत थप्ने बताएको छ ।



उहाँको स्मृतिमा स्व. यमनारायण ढकाल स्मृति पार्क स्थापना गरि शालिक सहित इतिहास र योगदान सहितको शिलालेख र यात्रु प्रतीक्षालय निर्माण गर्ने धर्म पत्नी प्रेमकुमारी ढकालले बताउनुभयो ।

नेपाल सरकारबाट २०७९ सालमा प्रबल जनसेबा श्री पदकबाट विभुषित हुनु भएका स्व. ढकाल विकास प्रेमी तथा शिक्षाप्रेमी व्यक्ती हुनुहुन्थ्यो  । उहाँको ६१ बर्षको उमेरमा गत बर्षको भदौमा निधन भएको थियो ।