छिमेकी प्रतिष्ठानद्वारा न्यानो कपडा वितरण
छिमेकी प्रतिष्ठान, स्याङ्जाले भीरकोट नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ। प्रतिष्ठानले वडा नं ६ का विपन्न परिवारलाई ४७ थान ब्लाङ्केट वितरण गरेको हो। प्रतिष्ठानले वडा नं ६ कार्यालयको समन्वयमा ब्लाङ्केट वितरण गरेको वडा सदस्य अशोक खत्रीले जानकारी दिनुभयो।
यसैगरी प्रतिष्ठानले वडा नं ८ र ६ का विपन्न र बिरामीहरूलाई आर्थिक सहयोग गरेको छ। संस्थाले टुल्की माझीलाई नगद ५ हजार रूपैयाँ , जितेन्द्र नेपालीलाई नगद १० हजार रूपैयाँ, डम्बर बहादुर थापालाई १० हजार र कुल बहादुर कामीलाई नगद ५ हजार रूपैयाँ प्रदान गरेको हो।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रतिष्ठानको सामाजिक र मानवीय कार्यको प्रशंसा गर्दै समाजलाई आत्मनिर्भर बनाउन समेत सबैले योगदान दिनुपर्ने धारणा राख्नुभयो। निवर्तमान नगर प्रमुख छायाराम खनालले जाडो याममा न्यानो कपडा वितरण गरेर प्रतिष्ठानले सह्रानिय काम गरेको धारणा राख्नुभयो। प्रतिष्ठानले वितरण गरेको न्यानो कपडा कपडा मात्रै नभएर यो एक छिमेकीले अर्को छिमेकीलाई प्रदान गरेको सद्भाव र प्रेम भएको खनालको धारणा थियो।
संस्थापक सदस्य शेषकान्त रेग्मीले विरामी, विपन्नलाई सहयोग गर्नु हामी सबैको सामाजिक दायित्व भएको बताउँदै प्रतिष्ठानले आयआर्जन नभएका परिवारलाई सहयोग गरेको बताउनुभयो।वडा अध्यक्षहरू लक्ष्मण खत्री, नन्दलाल खनाल, दिपेन्द्र के.सी., समाजसेवी तोयनाथ अर्याल लगायतले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो।