अग्निपीडितलाई राहत वितरण
पुष ०७, २०८१
स्मार्ट संवाददाता


लायन्स क्लब अफ भीरकोटले अग्नीपिडितलाई राहत वितरण गरेको छ । भीरकोट नगरपालिका वडा नं १ भलुवाडाँडा निवासी अग्निपीडित डोलनारायण श्रेष्ठलाई दैनिक बन्दोबस्तीका समान प्रदान गरिएको लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनालले जानकारी दिनुभयो।
लायन्सका अध्यक्ष सहितको टिमले पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो। अध्यक्ष खनालका अनुसार राहत स्वरुप दुई थान म्याट, दुई थान सिरक डसना, दुई थान सिरानी, दुई थान र दुइ थान तन्ना प्रदान गरिएको हो ।

पौष ४ गते साँझ विद्युत सर्ट भै श्रेष्ठको घर गोठ जल्दा १५ लाख बराबरको क्षती भएको थियो। आगालागीमा परी श्रेष्ठको नगद १ लाख ३० हजार रूपैयाँ , ७ तोला सुनका गरगहना, लत्ताकपडा, सिरक, डसना, खाद्यान्न र पराल गरी करिब १५ लाखको क्षति भएको थियो।