स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट

फागुन २९, २०७८


२९ फागुन २०७८



नेपाल नगरपालिका सङ्घले आफ्नो २९ औँ साधारण सभाको अवसर पारेर काठमाण्डौमा एक कार्यक्रमका बीच पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट भएका नगरपालिकाका  प्रतिनिधिलाई पुरस्कार प्रदान गर्नुभएको हो। संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका छ्न्।



यस्तै सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको निलकण्ठ नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । स्थानीय स्रोत परिचालन गर्दै पालिकाको विकासमा उत्कृष्ट काम गर्ने हरिवन नगरपालिकाले पनि उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । सामाजिक विकास विधामा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका छन्।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सीमित साधन, स्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावनाअनुसारको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्नसक्नुपर्ने बताउनुभयो।