स्मार्ट अखबार संवाददाता
११ भाद्र २०७९

स्याङ्जाको भीरकोट नगरपालिकामा संचालित पुष्प व्यवसाय तालिम सम्पन्न भएको छ । हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको व्यवस्थापनमा संचालन भएको तालिममा ३० जनाको सहभागिता रहेको थियो । वडा नं २, ४ र ९ कृषकहरूलाई तीन समुहमा विभाजन गरी तालिम दिइएको थियो ।

तालिममा सहभागी किसानहरूलाई प्रशिक्षक किसन अर्यालले प्रशिक्षण दिनुभएको थियो । कृषकहरूलाई व्यवसायिक पुष्प खेतीमा आकर्षित गराई पालिकालाई फूलमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर तालिम दिइएको पालिकाले जनाएको छ । वडा नं ४ छायाँक्षेत्र आसपासको क्षेत्रमा र वडा नं २ को दहथुम र ९को गडहरे गुफा आसपासको क्षेत्रमा पुष्प खेती गर्ने योजना बनाइएको छ ।

तालिम समापनको अवसरमा बोल्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न व्यवसायीक तरीकाले अगाडि बढ्न आग्रह गर्नुभयो। नगर प्रमुख कर्माचार्यले तालिमले ग्रामीण पर्यटनलाई टेवा पुग्ने भएकाले उत्पादित कृषि उपजको बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो।कार्यक्रममा पुष्प खेतिमा आवश्यक पर्ने सामाग्रीहरू फूलको बीउ, पोलि व्याग र स्प्रे समेत वितरण गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here