आँधीखोला मा.वि. नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न


स्याङ्जा आँधीखोला गाउँपालिका स्थित आँधीखोला अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको आयोजनामा ४ दिने उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
विद्यालयमा अध्यापनरत शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यहि कार्तिक २ गतेदेखि तालिम संचालन गरिएको प्रधानाध्यापक स्मृति काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयक प्रधानाध्यापक काफ्लेले तालिममा सिकेका कुरा व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।
तालिममा सिकेका कुरालाई अभ्यासमा उतार्न र समाजमा आफ्नो विशिष्ट पहिचान बनाउन अनुरोध गर्दै प्रशिक्षक सन्तोष न्यौपानेले र बिक्रम संवतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
तालिममा पोखरा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपाने, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका कार्यक्रम प्रमुख बिक्रम संवत र विद्यालयकी प्रधानाध्यापक स्मृति काफ्लेले प्रशिक्षण दिनुभएको थियो।