अर्जुनचौपारीमा दोस्रो रमाइलो तिज मेला हुने

साउन २८, २०८१     राम बहादुर रोकाहा


स्याङ्जाको अर्जुनचौपारीमा रहेको दलित उत्थान केन्द्रले दोस्रो रमाइलो तिज मेलाको आयोजना गर्ने भएको छ ।

महिला दिदिबहिनीहरुको महान चाडका रुपमा मनाइने हरितालिका तिजको अवसर पारी रमाइलो मेलाको आयोजना गर्न लागिएको  दलित उत्थान केन्द्र अर्जुनचौपारीका अध्यक्ष दिपक विकले जानकारी दिनुभयो ।

आगामी भदौ २१ गतेका दिन आयोजना गरिने रमाइलो मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, पालिकाभित्रका आमा समूहहरुबीच तिज गित प्रतियोगिता, नृत्य प्रतियोगिता, घैंटो फुटाउने, भाले छोप्ने प्रतियोगिता तथा विभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष विकले जानकारी दिनुभयो।