करदाता सेवा कार्यालय पुतलीबजार सम्मानित

मङि्सर ०१, २०८१     स्मार्ट संवाददाता


आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा उत्कृष्ट कार्यालय र कर्मचारीहरूलाई सम्मान गरेको छ।  विभागले आर्थिक वर्ष २०८०/८१मा उत्कृष्ट कार्यसम्पादन गरेका  तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको हो।

कर दिवसको अवसरमा शनिबार आयोजित एक औपचारीक कार्यक्रममा  आन्तरिक राजस्व कार्यालय भद्रपुर, आन्तरिक कार्यालय वानेश्वर र आन्तरिक राजस्व कार्यालय इटहरी सम्मानित भएका छन् ।

यसैगरी उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय पुतलीबजार, स्याङ्जा  , करदाता सेवा कार्यालय , दिक्तेल खोटाङ  र करदाता सेवा कार्यालय तौलिहवा रहेका  छन् ।

विभागले हरेक आर्थिक वर्षमा कार्यालयले गर्ने काम जस्तै राजश्व संकलन, कर शिक्षा, बजार अनुगमन, बक्यौता असुली आदिका आधारमा कार्यसम्पादन सूचकांक तयार गरेको हुन्छ। यीनै सूचाङ्कको आधारमा आन्तरिक राजस्व कार्यालय एवं   करदाता सेवा कार्यालयहरू उत्कृष्ट भएका हुन्। यसैगरी तीन वर्षदेखि कर कार्यालयमा उत्कृष्ट कार्य गर्दै आएका १० कर्मचारीहरू सम्मानित भएका छन्।