पहिरोका कारण स्याङ्जामा २ जनाको मृत्यु

असार १६, २०८१     स्मार्ट संवाददाता


स्याङ्जाको फेदीखोलामा पहिरोका कारण दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण  शुक्रबार राती गएको पहिरोमा परी फेदीखोला गाउँपालिका वडा नं ५ निवासी ३१ वर्षीय दुर्गा जि.टी. र उनकी ३ वर्षीय छोरी निकिसा जि.टी. को मृत्यु भएको हो।

पहिरोका कारण जि.टी. को  ढुङगा माटो र टिनले छाएको १ तले घर र गोठ पुर्ण रुपमा पुरीएको  र घरमा सुतिरहेका जि.टी. परिवारका आमा छोरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले  जानकारी दिए। पहिरोमा परी  एउटा भैसींको समेत मृत्यु भएको प्रहरीले जनाएको छ।