स्मार्ट अखबार संवाददाता
२८ भाद्र २०७९

भीरकोट जेसिजको आयोजनामा १ दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ। संविधान दिवसको अवसरमा यहि असोज ३ गते स्वास्थ्य शिविरको आयोजना गरिएको भीरकोट जेसिजका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

भीरकोट नगरपालिका र चरक मेमोरियल हस्पिटल पोखराको संयुक्त सहयोगमा स्वास्थ्य शिविर संचालन हुनेछ।बालज्योति इङ्लिस बोर्डिङ स्कूल (प्राङ्गण) बयरघारीमा असोज ३ गते सोमबार बिहान १० बजे देखि साँझ ५ बजे सम्म शिविर संचालन हुने कार्यक्रम संयोजक रूद्र ढुङ्गानाले जानकारी दिनुभयो। मुटु, पेट, ग्यास्ट्रिक तथा छाती सम्बन्धी जाँच तथा परामर्श, हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श , महिला तथा स्त्री सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, भिडियो एक्स-रे, इ.सि.जि, सुगर तथा अन्य जाँचहरु, रुघा, खोकी, ज्वरो, घाँटी सम्बन्धी जाँच तथा परामर्श, दन्त रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, बालरोग सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श लगायतका सेवाहरू उपलब्ध हुने कार्यक्रम संयोजक ढुङ्गानाले जानकारी दिनुभयो।

“भीरकोटको पहिचान, युवाको अभियान” को नारा अनुसार सन् २०१८ मा स्थापना भएको जेसिजले भीरकोटमा विभिन्न सामाजिक कामहरू गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here