गह्रौ प्राथमिक अस्पतालको एम्बुलेन्समा आगालागी

भदौ १५, २०८१     स्मार्ट संवाददाता


गह्रौ प्राथमिक अस्पताल वालिङको  एम्बुलेन्समा आगालागी भएको छ। वालिङ्बाट बिरामी लिइ पोखरातर्फ जाँदै गर्दा  शुक्रवार राती १० बजे पुतलीबजार नगरपालिका वडा नं ११ करेनडाँडामा आगालागी भएको थियो। आगालागीबाट  अस्पतालको ग १ झ २७८ नम्बरको एम्बुलेन्स पूर्ण रूपमा क्षती भएको   प्रहरीले जनाएको छ।



एम्बुलेन्सको तार सर्ट भै आगालागी  भएको र दमकलको सहायताले करिब एक घण्टा पछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो। प्रहरीका अनुसार आगालागीबाट एम्बुलेन्स पूर्ण रूपमा क्षती भएको भएपनि भाग्यवस कुनै मानवीय क्षती भएको छैन।