बुद्ध जयन्तीको अवसरमा खेलकुद प्रतियोगिता

बैशाख २२, २०८०


स्मार्ट संवाददाता , भीरकोट
२२ वैशाख २०८०

भीरकोट नगरपालिकाको स्थापित क्लब बयरघारी पिस युथ क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसरमा खुल्ला साविक वडा क्लब स्तरिय तेस्रो पुरुष रनिङ्ग शिल्ड भलिवल तथा खुल्ला 7A Side फुटबल प्रतियोगिता एवं रमाइलो मेला २०८० को आयोजना गरेको छ।

भीरकोट नगरपालिकाको खेलमैदानमा संचालन हुने खेल प्रतियोगितामा भलिबल तर्फको प्रथम पुरस्कार १ लाख ५ हजार ५ सय ५५ , द्वितीय पुरस्कार ६५ हजार ५ सय ५५ , तृतीय पुरस्कार ३५ हजार ५ सय ५५ रहेको छ। फुटबल तर्फको प्रथम पुरस्कार ७५ हजार ५ सय ५५ र द्वितीय पुरस्कार ४० हजार ४ सय ४४ रूपैयाँ रहेको छ।

शुक्रवार खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले खेलाडीहरूले पनि बुद्धको शान्तिको सन्देश पालना गर्नुपर्ने बताए। अनुशाशीत तरिकाले खेलकुद प्रतियोगिता संचालन गर्न र शान्तिपूर्ण रूपमा सम्पन्न गर्दै उदाहरणीय बन्न खेलाडीहरूलाई आग्रह गरेका थिए।

क्लबका अध्यक्ष दिल बहादुर थापा सागरले खेल प्रतियोगितालाई सफल र उदाहरणीय बनाउन स्थानीय सरकार, जनता र सहभागी खेलाडीहरू सबैलाई सहयोग गर्न आग्रह गरेका थिए। प्रतियोगिता २९ गतेसम्म संचालन हुने अध्यक्ष थापाले जानकारी दिए।