स्याङ्जाको चापाकोटमा नगर स्तरीय क्रिकेट संघ गठन

फागुन २६, २०८१     सुनिल न्यौपाने


स्याङ्जाको  एक स्थानीय तहमा क्रिकेट संघ गठन गरिएको छ । यस जिल्लाको चापाकोट नगरपालिकाले नगरपालिका स्तरीय क्रिकेट खेलाडीहरु तथा खेलप्रेमी सरोकारवालाहरुको भेलाबाट नगरपालिका स्तरीय चापाकोट क्रिकेट संघ गठन गरेको हो ।

चापाकोट नगरपालिकामा क्रिकेट खेललाई व्यवस्थित गराउने उदेश्यसहितको भेलाले प्रेम नारायण रेग्मीको अध्यक्षतामा ९ सदस्यीय चापाकोट क्रिकेट संघ गठन गरिएको चापाकोट नगर प्रमुख देब बहादुर खाँणले जानकारी दिनुभयो । संघको उपाध्यक्षमा सागर पंगेनी, सचिवमा प्रकाश माझी, कोषाध्यक्षमा सुदिप गैह्रे रहनुभएको छ ।

सदस्यहरुमा बिनोद मल्ल, रामचन्द्र ढकाल, रबिन भट्टराई, दामोदर भण्डारी र हिमाल भण्डारी रहनुभएको छ । चापाकोट नगर प्रमुख देब बहादुर खाँणले क्रिकेट खेल चापाकोट नगरपालिकाको विकास र समृद्धिको प्रतीक बन्न सक्ने बताउनुभयो । यहाँका खेलाडीहरुले क्रिकेट खेलमा निकै आकर्षण देखाएको हुँदा क्रिकेट खेललाई व्यवस्थित बनाउन समिति गठन गरिएको खाँणले बताउनुभयो ।