भीरकोटमा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने


भीरकोट जेसिजको आयोजनामा भीरकोट नगरपालिका १ बयरघारीमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बयरघारी ब्याडमिन्टन क्लबसँगको सहकार्यमा भीरकोट जेसिजले यही फागुन २ र ३ गते जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको भीरकोट जेसिजका अध्यक्ष शिव खनालले जानकारी दिनुभयो। प्रतियोगिता भीरकोट नगरपालिका वडा नं. १, बसपार्कस्थित बयरघारी ब्याडमिन्टन कोर्टमा हुनेछ।

प्रतियोगितामा सी लेभल डबल पुरुष र भेट्रान्स पुरुष डबल गरि दुई विधामा खेल सञ्चालन हुनेछ। सी लेभल डबलतर्फ पहिलो स्थान हासिल गर्नेले रू ३० हजार नगदसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः रु २० हजार र ५/५ हजार नगद पुरस्कार पाउनेछन्। भेट्रान्स पुरुष डबलतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार नगद प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः रु १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताका लागि सी लेभलतर्फ रु ३ हजार र भेट्रान्सतर्फ रु २हजार ५ सय दर्ता शुल्क तोकिएको छ। फागुन १ गतेसम्म टिम दर्ता खुला रहने आयोजकले जनाएको छ।