पहिलो पाइलाको नेतृत्वमा सन्ध्या लामिछाने

साउन २०, २०८०


रामबहादुर रोकाहा, स्याङ्जा
२० साउन २०८०

पहिलो पाइला नेपाल स्याङ्जा शाखाको प्रथम अधिवेशन शनिबार पुतलीबजारमा सम्पन्न भएको छ।उक्त अधिवेशनले सन्ध्या लामिछानेको नेतृत्वमा पहिलो पाइला नेपाल स्याङ्जाको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा पवन मरासिनी र समिक्षा सुवेदी , सचिवमा युवराज तिवारी, सहसचिवमा गोपि सुवेदी , कोषाध्यक्षमा सुवास कोईराला , सह-कोषाध्यक्षमा शुसिला पाण्डे , सदस्यहरुमा झरना खड्का , सुजिन श्रेष्ठ , बादल लामिछाने , आशिक नेपाली , यादव पौडेल र विशाल ढुङ्गाना रहेका छन् । त्यस्तै सविन रेग्मी , असिम भण्डारी , शिव रेग्मी , सुरज पाण्डे , दिपिका अर्याल र तुलसी पौडेल पनि सदस्य रहेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका -१ स्थित होटल मर्करीको सभाहलमा आयोजना गरिएको अधिवेशनमा पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले पहिलो पाइला नेपाल स्याङ्जाले छोटो समयमै सामाजिक साथै रचनात्मक कार्यमा सरिक भएको भन्दै संस्थाको प्रशंसा गरेकी थिइन्।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले संस्थालाई अझै सशक्त रुपमा अगाडि बढाउँदै सामाजिक कार्यमा योगदान दिने अपेक्षा गर्दै सकारात्मक र राम्रा काममा पुतलीबजार नगरपालिका संस्थाको साथमा रहने नगर उपप्रमुख अर्यालले बताइन्। त्यस्तै कार्यक्रममा पहिलो पाइला नेपाल स्याङ्जाको संस्थापक अध्यक्ष स्मृति काफ्लेले स्याङ्जामा संस्था स्थापना भएदेखि नै सामाजिक काममा अग्रसर रहेको , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको समयमा समेत औषधिहरु वितरण गरेको , न्यून आयस्रोत भएकाहरुलाई जतिसक्दो खाद्यान्न , लत्ताकपडा लगायतका अत्यावश्यक सामानहरु वितरण गरेको जानकारी दिइन्।

उनले स्याङ्जामा संस्था जन्माउने काम गरेको र यस संस्थालाई थप पालनपोषण गर्नका लागि सामुहिक सहयोग चाहिने बताउँदै विगतका समयमा थुप्रै रचनात्मक कार्य गरेको बताइन् । उनले विभिन्न कार्यक्रम जस्तै हाजिरीजवाफ कार्यक्रम ,भाग्य बोक्ने झोला वितरण , न्यानो माया अभियान , कोभिडकै समयमा मर्कामा परेका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण , स्वास्थ्य , शिक्षा , सरसफाइमा अभियान समेत चलाएको जानकारी दिइन् ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

उक्त कार्यक्रममा पिपिएन केन्द्रीय उपाध्यक्ष दिपिका पराजुली , स्याङ्जा शाखाका सल्लाहकार चन्द्रमणी पौडेल , पोखरा शाखाका अध्यक्ष विकाशजंग कुँवर , पोखरा शाखाका निवर्तमान अध्यक्ष रन्जित दनै , पाल्पा शाखाका सचिव दिनेश थापाले सुभकामना मन्तव्य राखेका थिए भने स्याङ्जा शाखा संयोजक सन्ध्या लामिछानेले धन्यवाद मन्तव्य राखेकी थिइन्।



पुतलीबजार नगरपालिकाकी उप-प्रमुख देवी अर्यालको प्रमुख आतिथ्यता , संस्था संयोजक सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पवन मरासिनीले गरेका थिए ।