जातीय विचारको संकुचनमा अल्झनु हुँदैन : सभापति  अर्याल

असोज २८, २०८०


नारायणप्रसाद कोइराला, स्याङ्जा
२८ असोज २०८० , आइतबार
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापती भोजराज अर्यालले कोही पनि जातीय विचारको संकुचनमा अल्झन नहुने बताएका छन् l विजया दशमीको अवसरमा  स्याङ्जाको भीरकोट नगरपालिकामा ब्राह्मण समाज नेपाल, भीरकोटले आयोजना  गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समितिका सभापती अर्यालले सो कुरा बताएका हुन् l मानवताको सेवामा समर्पित हुनु र सबै जातजातिको भाषा, धर्म , संस्कृतीको संरक्षण गर्नु सम्पूर्ण मानवहरूको साझा कर्तव्य भएको बताउँदै अर्यालले जातीय संगठनहरू साम्प्रदायिक स्वार्थमा मात्रै लिप्त हुन् नहुने   कुरामा जोड दिएका थिए l अर्यालले आगामी दिनमा मौलिक भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने साझा संगठनको रूपमा ब्राह्मण समाज नेपाल अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए l उनले   मौलिक र वैदिक संस्कारको संरक्षणको लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको बताउँदै आवश्यक हुनेले सम्पर्क गर्न जानकारी गराएका थिए l
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै  विद्यार्थी  पविन खनालले   विदेशी  भाषा र संस्कारप्रतीको मोहले गर्दा संस्कृतिको सहि पुस्तान्तरण हुन नसकेको र  युवाहरू संस्कृती र परम्पराबाट विचलित हुँदै गएको धारणा राखेका थिए l वडा नं ८ का अध्यक्ष नन्दलाल खनालले धार्मिक र सांस्कृतिक एकताका लागि ब्राह्मण समाज नेपाल, स्याङ्जाले अभियान संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए l
नेपाली काङ्ग्रेस भीरकोटका पार्टी सभापती याम प्रसाद अधिकारीले शुभकामना दिदै   धर्म, संस्कारको पालना भए समाजमा शान्ति हुने र शान्ति नै समृद्धिको आधार भएको धारणा व्यक्त गरे l भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख  छायाराम खनालले  हाम्रो संस्कार धार्मिक र वैज्ञानिक दृष्टिकोणले उत्कृष्ट   र जीवनोपयोगी रहेको कुरामा जोड दिएका थिए l
विजया दशमीको शुभकामना व्यक्त गर्दै नगर उपप्रमुख भगवती रेग्मी अर्यालले  ब्राह्मण समाज एकताबद्ध भएर मौलिक धर्म संस्कृतिको रक्षा गरि  आगामी पुस्तालाई हाम्रो, भाषा संस्कृति र रितिरिवाज सिकाउन सक्षम बन्न आवश्यक रहेको बताइन् l ब्राह्मण समाज नेपाल, स्याङ्जाका अध्यक्ष पूण्य प्रसाद तिमिल्सिनाले  वैदिक भाषा, धर्म संस्कारको संरक्षण र सही पुस्तान्तरणका लागि ब्राह्मण समाज नेपालको गठन भएको  प्रष्ट पार्दै भीरकोटमा गुरूकुल संचालन गर्न ब्राह्मण समाज नेपाल, स्याङ्जाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए l ब्राह्मण समाज नेपाल भीरकोटका अध्यक्ष लिला प्रसाद रेग्मीले शुभकामना व्यक्त गर्दै ब्राह्मण समाज सबै मौलिक धर्म संस्कारको संरक्षण गर्ने साझा सामाजिक संस्था हुने बताए l उनले जातीय हितको लागि मात्रै भन्दा पनि सनातन धर्म संस्कारको संरक्षण र  मानवताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए l
कार्यक्रममा वालिङ  नगरपालिका वडा नं ११ का विष्णु प्रसाद पङ्गेनीले भीरकोट ८ मा रहेको  शिव पार्वती गौशालालाई  ११ हजार ५ सय ५७ रूपैयाँ दान गरेका थिए l  कार्यक्रममा उपस्थित सबैले पालैपालो शुभकामना आदानप्रदान गरेको कार्यक्रममा लुब्दीखोला भजन किर्तन समुहले भजन किर्तन प्रस्तुत गरेको थियो l