डा. सैयदद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

भदौ ३०, २०८०


स्मार्ट सम्वाददाता, भीरकोट

३० भाद्र २०८०

विज्ञापन

सामाजिक तथा स्वास्थ्य क्षेत्रमा सुपरिचित डा. मनोर दिन सैयदले भीरकोटको एक आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन् l वडा नं १ मा रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत सिमान्तकृत समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको वडा नं १ का अध्यक्ष  एवं नगर प्रवक्ता दिपेन्द्र के. सी. ले जानकारी दिए l

शनिबार विद्यालयमा आयोजित एक समारोहमा विद्यालयमा अध्ययनरत ४३ जना विद्यार्थीलाई पोशाक, खेल सामाग्री, दिवा खाजा खानका लागि आवश्यक पर्ने भाडा वर्तन र  अन्य शैक्षिक शैक्षिक सामाग्री प्रदान गरिएको हो l शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र के. सी.,  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविन विक्रम खाँण, प्रधानाध्यापक भक्त बहादुर गोदार, निवर्तमान प्रधानाध्यापक गंगाधर गौतम, समाजसेवी नासिवदिन मिया , वडा सदस्य मोहम्मद मिया लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो l

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष  एवं नगर प्रवक्ता दिपेन्द्र के. सी. ले डा. सैयदको समाज सेवाको भावनाको खुलेर प्रशंसा गरेका थिए l भीरकोटमा जन्मिएर उच्च शिक्षा आर्जन गरेर रोजगारी वा अन्य प्रयोजनका लागि देश भित्र वा बाहिर रहेका सबैले शैयदले जस्तै आफ्नो समाजलाई योगदान दिनुपर्ने उनको धारणा थियो l समाजसेवी डा. सैयदले भीरकोटका अन्य सामुदायिक विद्यालयमा समेत शैक्षिक सामाग्री वितरण गरिने जानकारी दिदै बालबालिकाको आवश्यकता अनुसार सहयोग गर्न पाउँदा खुशी लागेको बताए l