राधा दामोदरमा तीन लाख अनुदान 

फागुन १५, २०८१     स्मार्ट संवाददाता


चापाकोट नगरपालिका वडा नं –६ मा रहेको पवित्र तिर्थस्थल केलादीघाटको राधा दामोदर आरोग्य आश्रममा तीन लाख अनुदान उपलब्ध गराइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले आश्रममाा रहनु भएका जेष्ठ नागरिकहरुको लागि आर्थिक सहयोग गरेको हो ।

सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालयका  प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र सिग्देलले अनुदान उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । अनुदान रकम जेष्ठ नागरिकको खाद्यान्न, औषधीउपचार, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामाग्रीहरुमा खर्च गरिने छ । आश्रममा २२ जना जेष्ठ नागरिक बस्दै आउनु भएको छ ।

जेष्ठ नागरिकहरुलाई सहज, मर्यादित तथा सम्मानपूर्ण रुपमा जीवन यापन गर्नमा सहयोग गरी दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि जेष्ठ नागरिक आश्रमलाई सञ्चालन अनुदान उपलब्ध गराइएको सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले बताउनुभयो ।

स्थानीय तहको सरकारले माथिल्लो तहका सरकारसँगको सहकार्यमा यस्ता सामाजिक काम गर्न तयार रहेको र स्याङ्जा सदरमुकाम देखी टाढा रहेको जेष्ठ नागरिक आश्रममै आएर सम्झौता गर्नु कार्यालयको अनुकरणीय कार्य रहेको वडा अध्यक्ष तारा पोख्रेलले बताउनुभयो ।

समाजिक विकास कार्यालयले पछिल्ले क्रममा सामााजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने सिप हस्ताान्तरणमा सक्रिय रहदै आएको छ ।