तमु ल्होसारको अवसरमा जेष्ठ नागरिकलाई सम्मान 

पुष १६, २०८१     स्मार्ट संवाददाता


तमु ल्होसारको पावन अवसरमा भीरकोट नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडा नं ३ स्थित रयालेमा रयाले बाबा समूह , चौतारी युवा क्लब , तीनधारा बाराही आमा समूहको संयुक्त आयोजनामा जेष्ठ नागरिक सम्मान एवं शुभकामना आदानप्रदान प्रदान गरिएको हो। ८० वर्ष नाघेका १३ जना जेष्ठ नागरिकहरूलाई समान गरिएको गौतम गुरूङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष केशर बहादुर  खड्काले जेष्ठ नागरिक  समाजका  अभिभावक ,पथ प्रदर्शक, परम्परा र संस्कृतीका  संरक्षक भएकाले उहाँहरूको सदैव सम्मान गर्नुपर्ने बताउनुभयो। जेष्ठ नागरिकहरू अनुभव र ज्ञानका खानी भएकाले उहांहरूलाई देवतासरह सम्मान गर्नुपर्ने  बताउदै  उहाँले सामाजिक एकता र धार्मिक सहिष्णुता सदैव महत्वपूर्ण हुने बताउनुभयो ।

रिम बहादुर गुरूङको सभापतित्वमा भएको कार्यक्रमको संचालन इमानसिंह गुरूङले गर्नुभएको थियो। जुद्ध बहादुर गुरुङ्ग, प्रेम आले,गंगाराम काफ्ले, गौं बहादुर गुरुङ,साथै रेन बहादुर गुरुङले  आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सम्मानित सम्पूर्ण जेष्ठ नागरिकहरुलाई दोसल्ला ,मिष्ठान्न भोजन सहित उच्च स्वागत  र सम्मान गरिएको थियो।