स्मार्ट संवाददाता, वालिङ
१० असोज २०८०

स्याङ्जा सहयोग समाज कतारले वालिङ नगरपालिकाको एक आधारभूत विद्यालयमा पोशाक र स्टेसनरी वितरण गरेको छ। वालिङ नगरपालिका वडा नं २ मा रहेको देउराली आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरूलाई ट्रयाक सुट र नियमीत विद्यालय आउने र गृहकार्य गर्ने विद्यार्थीहरूलाई कापी, कलम वितरण गरिएको हो।

No description available.

वडा नं २ का वडा अध्यक्ष पोत प्रसाद लम्सालको रोहबरमा गरिएको पोशाक र स्टेसनरी वितरण कार्यक्रममा सहयोगी संस्था स्याङ्जा सहयोग समाज कतार अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल,स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियार, स्याङ्जा सहयोग समाजका कार्यालय प्रमुख चिरञ्जीवी ढकाल, विदुर कोइराला, नेकपा एमालेका  वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त ढकाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय समाज सेवी, अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा एमालेका नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलले  प्रवासमा रहेर पनि सामाजिक उत्तरदायित्वमा लगानी गरेकोमा सहयोगी संस्थाका पदाधिकारीहरूलाई धन्यवाद दिएका थिए। सत प्रतिशत  दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयको भौतिक तथा शैक्षिक अवस्था कमजोर रहेको विषयमा बोल्दै पौडेलले विद्यालयको भौतिक तथा शैक्षिक सुधार गर्नको लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारी सक्रिय हुनुपर्ने कुरामा जोड दिएका थिए।

सहयोगी संस्था स्याङ्जा सहयोग समाज कतार अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरेका थिए। विद्यालयको शैक्षिक भौतिक प्रगतिका लागि शिक्षक, अभिभावक, स्थानीय सरकार र सरोकारवाला सबै लाग्नुपर्ने उनको सुझाव थियो। उनले स्याङ्जाको सामाजिक विकासमा संस्थाले हालसम्म ८ करोड लगानी गरेको जानकारी समेत दिएका थिए।

वडा अध्यक्ष पोत प्रसाद लम्सालले विद्यार्थीहरूलाई सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारले आफुले पढेको विद्यालयमा सहयोग गर्न पाउँदा प्रशन्न भएका थिए। तर विद्यालयको कमजोर भौतिक तथा शैक्षिक अवस्था प्रती गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here