भीरकोटमा ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण 

असार १४, २०८१     नारायणप्रसाद कोइराला


स्याङ्जाको भीरकोट नगरपालिकामा SEE परीक्षाको नतिजा निराशाजनक देखिएको छ। १२ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयबाट ३ सय ८० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।जसमध्ये १२९ जना अर्थात् ३४ प्रतिशत विद्यार्थी  मात्रै उत्तीर्ण भएका छ्न्।

सामुदायिक विद्यालयको नतिजा झन कमजोर

१२ वटा सामुदायिक विद्यालयबाट २७४ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी भएकोमा जम्मा ७६ जना अर्थात् २७.७३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयबाट १०६ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी भएकोमा ५३ जना  अर्थात् ५० प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । तुलनात्मक रूपमा हेर्दा संस्थागत विद्यालयको नतिजा राम्रो देखिए पनि सन्तोषजनक भने छैन।

नमुना विद्यालयको नतिजा झन कमजोर, बालोदय उत्कृष्ट 

पालिकाको एकमात्र नमुना विद्यालय भाग्योदय नमुना  विद्यालयको नतिजा झन कमजोर देखिएको छ । ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा ८ जना अर्थात् १५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। सामुदायिक विद्यालय तर्फ दभुङ् ठाँटी मा.वि. को नतिजा राम्रो देखिएको छ। दभुङ ठाँटीका ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। संस्थागत तर्फ बालोदय मा.वि. को नतिजा राम्रो देखिएको छ। बालोदय मा.वि. बाट ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजाका आधारमा हेर्दा बालोदय मा.वि.को नतिजा पालिकामै उत्कृष्ट देखिन्छ।

 पालिकाका संस्थागत र सामुदायिक विद्यालयहरुको प्रारम्भिक नतिजा यसप्रकार रहेको छः