हिमालय मा.वि. ले  मनायो ७७ औं वाषिर्कोत्सव

माघ ११, २०८१     स्मार्ट संवाददाता


 श्री हिमालय माध्यमिक विद्यालयले आफ्नो ७७औं वार्षिकोत्सब धुमधामका साथ मनाएको छ। कास्कीको  मादी गाउँपालिका वडा ९ गोर्जेमा अवस्थित हिमालय मा.वि.   २००४ सालमा भाषा  पाठशालाको रुपमा स्थापना गरिएको थियो।

मादी गा .पा. वडा नं ८ र ९ को एकमात्र माध्यमिक विद्यालयले मादी गाउँपालिका उपाध्यक्ष  कल्पना गुरूङको प्रमुख आतिथ्यतामा ७७ औं वार्षिकोत्सब मनाएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्ले  सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको  थियो। भौतिक र आर्थिक पक्षको सुविधा सम्पन्न भएपनि दुरीको कारण  विद्यार्थी संख्या कम हुदै गएको सन्दर्भमा विद्यालयमा  यातायातको सुविधा व्यवस्था गर्न पालिकाले सहयोग गर्न तयार रहेकोे बताउनुभयो ।साथै पालिकाले सामुदायिक विद्यालयमा ठुलो लगानी गरेकोले  गुणस्तर वृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावक लागि पर्नुपर्ने बताउनुभएको थियो । शिक्षामा गुणस्तर वृद्धिका साथै संस्कारसहितको शिक्षाका लागि अभिभावक स्वयम् जिम्मेवार हुनुपर्नेमा  जोड दिनुभएको थियो। विद्यालयका प्रधानाध्यापक चन्द्रमणी अधिकारीले विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो।

कार्यक्रममा शैक्षिक सत्र  २०८१ को वार्षिक परीक्षामा  उत्कृष्ट अंक प्राप्त गर्ने   विद्यार्थीहरूलाई पुरस्कार र छात्रवृत्ति प्रदान गरिएको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सब समारोह विद्यालयका सहायक प्र.अ . उत्सबमणि भण्डारीको  स्वागतसँगै सुरू भएको  थियो भने कार्यक्रमको  संचालन शिक्षक शेखर प्रसाद कोइरालाले  गर्नुभएको थियोे ।समारोहमा   शिक्षक उत्सबमणि भण्डारी , इन्दिरा बास्तोला र यमप्रकाश सुवेदीलाइ सम्मान गरीएको थियो ।