दहथुम बहुमुखी क्याम्पसका ७१ जना विद्यार्थीलाई  छात्रवृत्ति  

भदौ ३०, २०८१     स्मार्ट संवाददाता


दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार एक कार्यक्रमको आयोजना गरि १ लाख ६३ लाख रूपैयाँ बराबरको रकम छात्रवृत्ति वितरण गरेको हो । स्नातक तहमा अध्ययनरत जेहेन्दार, गरिब, असाहय, नियमित, उत्कृष्ठ विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।



छात्रवृत्ति वितरण गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले समग्र विकासका लागी उच्च शिक्षाको विकास अनिवार्य रहेको  बताउनुभयो ।  नगरप्रमुख कर्माचार्यले नगरपालिकाले यहाँका विद्यार्थीलाई यहीँ अध्ययन गर्ने वातावरण सृजनाका लागी नगरले छात्रवृत्ति वितरणका लागी हरेक वर्ष सहयोग गर्दै आएको बताउनुभयो । नगरको विकास मध्ये शैक्षिक विकास पनि एक भएको भन्दै नगरका विद्यार्थीलाई अध्ययनमा सहज बनाउनका लागी नगरपालिकाले शिक्षामैत्री कार्ययोजनाका साथ अगाडि बढेको नगरप्रमुख कर्माचार्यले बताउनुभयो ।



कार्यक्रममा भीरकोट नगरपालिका १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्ष श्यामकाजी अधिकारी, वडा अध्यक्ष लक्ष्मण खत्रि, क्याम्पसका पुर्व सल्लाहकार रमेश पौडेल, नेपाली कांँग्रेसका नगरसभापति यामप्रसाद अधिकारी (लक्ष्मण), नेकपा एमालेका नगर अध्यक्ष हर्कबहादुर गुरुङ, विद्यार्थी मन्दिरा खत्रिलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले क्याम्पसको ऐतिहासिक पृष्ठभुमिका बारेमा स्पष्ट पार्दै क्याम्पसलाई विद्यार्थी तथा अभिभावकहरुको आर्कषण बढाउनका लागी उचित योजनाका साथ अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले क्याम्पसको समग्र शैक्षिक विषयवस्तुका बारेमा प्रष्ट पार्दै क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको बताउनुभयो ।क्याम्पसका ७१ जना विद्यार्थीले नगद २ देखि ६ हजारसम्म छात्रवृत्ति प्राप्त गरेका छन् ।