विशेष अदालतद्वारा विन्दु कोइरालालाई सफाई

चापाकोट नगरपालिकाका तत्कालीन सिनियर अहेव विन्दु कोइरालाले अकुत सम्पत्ति मुद्दामा सफाई पाएका छन् । विशेष अदालतका न्यायधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई सफाई दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १९ मा कोइराला र उनकी श्रीमती गीता कोइरालामाथि गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा चलाएको थियो । दुवैले आठ महिना पछि सफाई पाएका छन् ।
अहेव कोइराला २०५४ कात्तिक ५ गते निजामती सेवामा प्रवेश गरेका थिए । अख्तियारले २०७८ मंसिर २१ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा ९० लाख ३९ हजार ६ सय २० रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको जनाएको थियो । छानबिनका क्रममा उनले ९० लाख ३९ हजार ६ सय २० रुपैयाँ गैरकानूनी सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टचार मुद्धा दायर गरेको थियो ।