अवैध सालको काठ बरामद
साउन ३२, २०८१
स्मार्ट संवाददाता


स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। बिहीबार राती करिब २.३० बजेको समयमा प्रहरी चौकी बिर्घाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी स्थित आँधिमुहान भित्री सडक खण्डमा रूखापानीबाट मिर्मी तर्फ आउँदै गरेको लु. ४ त. ६५६५ नम्बरको ट्याक्टर चेकजांँच गर्ने क्रममा सालको अवैध सालको काठ बरामद गरेको हो।
सालको चिरान (चारपाटे) काठ थान ७ (सात) थान, १५.०६ क्यू फिट फेला पारी ट्याक्टर सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि शुक्रबार सब डिभिजन वन कार्यालय गल्याङ, स्याङ्जामा बुझाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो। अवैध सालको काठका सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।