प्रज्ञा प्रतिष्ठानहरूको प्राण भर्न गल्याङमा प्राज्ञिक विमर्श
स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक “स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श २०८१” कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जामा स्थापित प्रज्ञाप्रतिष्ठानहरू जीवन्त र सक्रिय बनाई स्थानीय स्तरमा साहित्यिक गतिविधी बढाउन कार्यक्रमको आयोजना गरिएको हो।
गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजनामा शनिबार गल्याङ नगरपालिकाको सभाहलमा ” प्राज्ञिक विमर्श – २०८१ ” दोस्रो कार्यक्रमको रूपमा सम्पन्न गरिएको थियोे ।
गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरिएको ” प्राज्ञिक विमर्श – २०८१ ” कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका प्रमुख तथा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई रहनुभएको थियोे ।
विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका नगर उप प्रमुख हेमा न्यौपाने तिमिल्सिना, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा प्रगति, गण्डकी प्रज्ञा प्रतिष्ठानका उप कुलपति गोरे गुरुङ, गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका भाषा साहित्य विभाग प्रमुख रामहरि शर्मा शराह रहनु भएको थियोे ।
आमन्त्रित व्यक्तित्वका रूपमा वडा नम्बर- ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा नम्बर- ११ का वडा अध्यक्ष दलबहादुर सिङ्जाली, वडा नम्बर- ८ का अध्यक्ष झिमबहादुर थापा, वडा नम्बर- ९ का अध्यक्ष नामदेव खनाल र वडा नम्बर- १० का अध्यक्ष मुक्तिप्रसाद खनाल रहनुभएको थियोे ।
स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श कार्यक्रममा चण्डिकाप्रसाद भट्टराई, गुरुप्रसाद भट्टराई, डा. धनप्रसाद सुवेदी, देवेन्द्रकुमार काफ्ले थुम्केली, कुश्मा महरा प्रगति, गोरे गुरुङ, रामहरि शर्मा शराह, कृष्णप्रसाद भट्टराई र दलबहादुर सिङ्जालीको बीचमा प्राज्ञिक विमर्श गरिएको थियोे ।
विमर्शको सहजीकरण प्राज्ञ परिषद सदस्य जीबी राना मगरले गर्नुुुएको थियोे। समग्र कार्यक्रमको सहजीकरण गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव युवाकवि मिलन समीरले गर्नुएको थियोे ।
कार्यक्रममा साहित्यकार व्यक्तित्वहरु गोविन्द खनाल, हरिप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ढालबहादुर के.सी., खगेन्द्र अर्याल, मिलन समीर, सुर्यप्रसाद डुम्रे, पारिश्वर न्यौपाने, चण्डिकाप्रसाद भट्टराई, गुप्तबहादुर श्रेष्ठ, देवकी रेग्मी, लेखनाथ काफ्ले र कुसुम भण्डारी लगायतका साहित्यिक व्यक्तित्वहरूले आफ्नो उत्कृष्ट रचनाहरु वाचन गर्नुभएको थियो ।
कार्यक्रममा कालीगण्डकी प्रज्ञा प्रतिष्ठान, पुतलीबजार प्रज्ञा प्रतिष्ठान, भीरकोट प्रज्ञा प्रतिष्ठान लगायतका प्रज्ञाप्रतिष्ठानमामा आवद्ध साहित्यकारहरूको उपस्थिति रहेको थियो।