“राष्ट्रिय स्वतन्त्र पार्टी अबको एकमात्र विकल्प” : नेता रेग्मी

साउन २१, २०७९


स्मार्ट अखबार संवाददाता
२१ साउन २०७९



राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्य तथा सूचना विभाग प्रमुख बाेधराज रेग्मीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा देशका लागि एकमात्र सर्वोत्तम विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी रहेको बताउनुभएको छ।स्याङ्जा जिल्ला फेदिखाेला गाउँपालिकाकाे पार्टी कार्यालय उद्घाटन तथा भेलामा सम्बाेधन गर्दै रेग्मीले भन्नुभयो , ” पुराना राजनीतिक दलहरूले जनताका समस्या सुन्न खाेजेनन् ,जनतालाई हरेक कुराबाट चुसिरहे , अब जनताका समस्यालाई समाधान गर्ने एकमात्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो ।”



सरकारमा रहेर आफु र आफ्ना कार्यकर्ता मात्रै साेच्ने , जनताका समस्या जस्ताको तस्तै रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि कार्यकर्ता तथा संगठन नहुने भन्दै नेता रेग्मीले आगामी निर्वाचनमा घण्टी चिन्हमा मतदान गरि पुराना दललाई पाखा लगाउँदै देशलाई परिवर्तनको दिशामा लैजान समेत आग्रह गर्नुभयो। मंसिर ४ गतेकाे निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीकाेे नेतृत्वमा सरकार बन्ने र जनताका समस्या सम्बाेधन हुने समेत दाबी गर्नुभयो। पार्टीको सम्पर्क कार्यालयमा आफ्ना समस्या तथा गुनासा लिखित रुपमा पेश गर्न अनुरोध गर्दै रेग्मीले समाधानका लागि पार्टीले पहल गर्ने बताउनुभयो।

कार्यक्रममा दिनेश क्षेत्री , क्या. शिव बहादुर खत्री , जिल्ला सचिव रमेश पाेख्रेल , जिल्ला सभापति डिल्लीराम काेइराला, प्रदेश सदस्य विश्वास भण्डारी सम्बोधन गर्नुभएको थियोे भने पार्टीका सभापति रवि लामिछानेको भर्चुअल सम्बाेधन समेत रहेको थियोे ।फेदिखाेला गाउँपालिकामा पुष्पराज शर्माको सभापतित्वमा गाउँपालिका समिति र विभिन्न वडासमिति चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारका लागि अहिले देश दाैडाहमा रहेको छ ।