महापुर उपशाखाको सभापतिमा खनाल निर्वाचित

पुष २८, २०८०


स्मार्ट संवाददाता,

२८ पुस २०८०, शनिबार 

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको मातहतमा रहेको महापुर उपशाखाको सभापतिमा प्रेमनारायण खनाल निर्वाचित भएका छन्। शनिबार भीरकोट ५ मा सम्पन्न भएको उपशाखाको ५ औं अधिवेशनले खनालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

नवगठित कार्यसमितिको उपसभापतिमा देवकी रेग्मी,सचिवमा रामकृष्ण अर्याल, कोषाध्यक्षमा बद्री प्रसाद अर्याल, उपसचिवमा रिवन कुमार विश्वकर्मा, उपकोषाध्यक्षमा नारायण प्रसाद अर्याल, सदस्यहरूमा नर्मदा अर्याल, गीता राना भुजेल, याम कुमारी अर्याल, लिला प्रसाद रेग्मी र इन्द्र प्रसाद अर्याल रहेका छन्।सम्पूर्ण सदस्यहरू सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित उपसचिव रिवन कुमार विश्वकर्माले जानकारी दिए।

उपशाखाका निवर्तमान सभापति जगन्नाथ अर्यालको अध्यक्षतामा भएको समारोहमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापति दिनेश अर्याल, नेकपा एमालेका नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल, नेपाली काङ्ग्रेसका नेता तोयनाथ अर्याल र भीरकोटका जनप्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी