राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश पदाधिकारी चयन
स्मार्ट अखबार संवाददाता, पोखरा
१० भदौ २०७९
भ्रष्टाचार नियन्त्रण, विकास र रोजगारीलाई प्राथमिकतामा राखेर स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशका पदाधिकारीहरू चयन गरेको छ । पार्टीले योगराज पौडेललाई उपसभापतिको जिम्मेवारी दिएको छ भने महामन्त्रीमा माधब प्रसाद कँडेल, काेषाध्यक्षमा सविता शर्मा उपाध्याय र प्रवक्तामा बोधराज रेग्मी चयन हुनुभएको छ । स्वतन्त्र पार्टीको गण्डकी प्रदेश सभापतिको जिम्मेवारी भने यस अघि नै डा. ढाका कुमार श्रेष्ठलाई दिइएको छ ।
फरक एजेन्डा र सिद्धान्त बाेकि आफुलाई जनताको सेवा गर्ने पार्टीकाे रुपमा स्थापित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी अहिले देश दाैडाहमा छ र संगठन विस्तारलाई तिव्र रुपमा अगाडि बढाईरहेकाे छ ।
सभापति लामिछाने स्याङ्जा जाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने स्याङ्जा जाने हुनुभएको छ । स्याङ्जा जिल्लाका फेदिखोला र वालिङमा हुने स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्न लामिछाने यही भाद्र १७ स्याङ्जा जाने गण्डकी प्रदेश प्रवक्ता बोधराज रेग्मीले जानकारी दिनुभयो ।