स्मार्ट अखबार संवाददाता
१९ साउन २०७९

रबि लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशमा विभिन्न विभाग प्रमुख चुनिएका छन् । गण्डकी प्रदेश समितिकाे पहिलो औपचारिक बैठकबाट विभागीय प्रमुखहरू नियुक्त भएका हुन् । संगठन विभाग प्रमुखमा कास्कीका अशाेक खड्का र आर्थिक विभाग प्रमुखमा कास्कीकै सविता शर्मा उपाध्याय नियुक्त हुनुभएको छ।सुचना तथा प्रचारप्रसार विभाग प्रमुखमा स्याङ्जाका बाेधराज रेग्मीले जिम्मेवारी पाउनुभएको छ।

आवश्यकता अनुसार अन्य विभाग प्रमुखहरु समेत नियुक्त गर्दै जाने गण्डकी प्रदेशका सभापति डा. ढाका कुमार श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो ” राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेकाे समयमा देशको आवश्यकता हो , पुराना दलहरुका कार्यहरुप्रति आम जनताहरु रुष्ट छन् , समाज र राष्ट्रका मुद्दामा समाधानका निम्ति एकमात्र विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी हो ।” अहिले देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनलहर बढिरहेको र आगामी निर्वाचनमा पार्टीले लक्षित जित हासिल गर्नका निम्ति गण्डकी प्रदेशमा विभिन्न विभागिय प्रमुखहरु नियुक्त गरिएको समेत डा. श्रेष्ठले बताउनुभयो।

फरक एजेन्डा र सिद्धान्त बाेकि आफुलाई जनताको सेवा गर्ने पार्टीकाे रुपमा स्थापित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी अहिले देश दाैडाहमा छ र संगठन विस्तारलाई तिव्र रुपमा अगाडि बढाईरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here