राष्ट्रप्रेमी युवा

साउन ०७, २०७९


२०७९ साउन ७ ,शनिबार

यही देशको माटोमा जन्मिएर हुर्किएका हामी
यही देशमा केही काम गर्छु, जान्न अर्काको मुलुक भनी तम्सिएका हामी

ए साथी त‌ अब १२ पछि के गर्छस् भनेर साथीले सोध्दा जान्न विदेश यही देशमा केही गर्छु भनि तम्सिएका हामी

विरक्त लाग्छ आमाको फाटेको चोली देख्दा पनि त्यो चोली फेर्न नसकेका हामी
साथी हरियो पासपोर्ट  लिएर खुसी हुँदै विदेशिएको हेर्न नसकेका हामी

साथी आउँछ ५ वर्ष पछि सेतो सर्ट,राम्रो पाइन्ट जुत्ता लगाएर साथी के गर्दै छस् भनि
त्यस्तो सुकिलो मान्छेलाई खेती किसानी गर्दै छु भनेर भन्न नसकेका हामी

अनि उसले जाउ साथी विदेश भनेर भन्दा हुन्छ भनि उत्तर दिन नसकेका हामी
अनि दिन्छौँ उत्तर होस् साथी जान्न म त्यस्तो नर्कमा बा आमाको आँसु बगाएर

बा आमाको आँसु अनि नेपाल आमाको मायाले यहीँ देशमा बाँधेर राखेका राष्ट्रप्रेमी भनिएका नामर्दहरु हामी ।