रङ्गोत्सवमा उत्साहजनक सहभागिता, रङ्ग खरिदमा ४० प्रतिशत छुट


नेपालीहरूको महान पर्व दशैं र तिहारको अवसरमा भीरकोटमा जारी रङ्गोत्सवमा मानिसहरूले उत्साहजनक सहभागिता जनाएका छन्। बयरघारी न्युरोडमा अवस्थित ठूलीभञ्जाङ गाउँ शहर स्टोर्सले चाडबाडलाई मध्यनजर गरेर रङ्गोत्सवको आयोजना गरेको हो। भाद्र २१ गतेदेखि सुरू भएको रंगोत्सव मसिंर १ गतेसम्म सञ्चालन हुनेछ। रङ्गोत्सवमा ग्राहकहरूले हरेक रङ खरिदमा ३५ देखि ४० प्रतिशतसम्म विशेष छुट पाइरहेको संचालक चिन्तामणी चापागाईंले जानकारी दिनुभयो।

पसलले आफ्नो ग्राहकहरूलाई चाडबाडको अवसरमा गुणस्तरीय रङ्ग सुपथ मूल्यमा बिक्रि गर्ने उद्देश्यले यो उत्सवको आयोजना गरेको हो। उत्सवको अवधिमा, ग्राहकहरूले आफ्नो निर्माण कार्यका लागि आवश्यक रङ्ग खरिद गर्दा रंगको ब्राण्ड अनुसार ३५ देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूलाई रंगको गुणस्तर र प्रयोगका बारेमा समेत विस्तृत जानकारी दिइने संचालक चापागाईंले बताउनुभयो। विभिन्न रंगहरूको विस्तृत विकल्प समेत उपलब्ध गराईने रंगोत्सव सिमित अवधिको लागि मात्र संचालन हुनेछ। चाडबाड सँगै गाउँ शहरलाई रंगिन र आकर्षक बनाउने उद्देश्यले संचालित यो योजनाले ग्राहकहरूलाई आफ्नो घर, पसल, र अन्य संरचनाहरूलाई चाडपर्वको उत्साहसँगै सुपथ मुल्यमा सजाउन मद्दत पुर्याउनेछ।
यो भीरकोटको सबैभन्दा लोकप्रिय हार्डवयर पसल समेत हो। यो हार्डवयर पसल हुलास स्टिल्स, शिखर प्लाइउड र ढोका, नेरोल्याक पेन्ट, यसियन पेन्ट, नेपाटप ब्रान्डहरूको अधिकृत विक्रेता हो। यसका साथै पसलमा छड, सिमेन्ट, इट्टा, पाइप, फिटिङ्गस, ग्रील, मार्बल , टायल , सेनेटरी आइटम लगायत सबै प्रकारका निर्माण सामाग्रीहरू सुपथ मूल्यमा पाइन्छ