व्यवसायिक पुष्प खेती तालिम सुरू
![](https://smartakhabar.com/wp-content/uploads/2022/08/1661073792261-1024x768.jpg)
स्मार्ट अखबार संवाददाता
५ भदौ २०७९
स्याङ्जाको भीरकोट नगरपालिकामा पुष्प व्यवसाय तालिम सुरू भएको छ। हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको व्यवस्थापनमा संचालन भएको तालिममा २० जनाको सहभागिता रहेको छ।
![](https://smartakhabar.com/wp-content/uploads/2023/01/jayalaxmi-tiff.gif)
वडा नं २ र ४ का १०/१० जना गरि २० जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक किसन अर्यालले प्रशिक्षण दिनुहुनेछ। नगर सभा हलमा सुरू भएको तालिममा सहभागीहरूलाई व्यवसायिक पुष्प खेतीमा आकर्षित गराई पालिकालाई फूलमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। वडा नं ४ छायाँक्षेत्र आसपासको क्षेत्रमा र वडा नं २ को दहथुम आसपासको क्षेत्रमा पुष्प खेती गर्ने योजना बनाइएको पालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले तालिममा सहभागीहरूलाई दत्तचित्त भएर सिक्न र पालिकालाई फूलमा आत्मनिर्भर बनाउने गरि व्यवसाय गर्न आग्रह गर्नुभएको थियो। व्यवसाय विना समृद्धि सम्भव नरहेको भन्दै उहाँले पालिकाले उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताउनुभयो।