नागरिकका समस्याहरू क्रमिक रूपमा समाधान गर्छौं : अध्यक्ष तिवारी
![](https://smartakhabar.com/wp-content/themes/smartakhabar/images/sidelogo.png)
![](https://smartakhabar.com/wp-content/uploads/2024/12/FB_IMG_1734453433393-1024x683.jpg)
अर्जुनचौपारी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सेवा प्रवाह, नीति योजना र कार्यक्रमका सम्बन्धमा जानकारी गराउने उद्देश्यले अर्जुनचौपारी गाउँपालिकाको आयोजना र सामुदायिक रेडियो स्याङ्जा एफ.एम. तथा स्याङ्जा टेलिभिजनको सहजीकरणमा आर्थिक वर्ष २०८१/८२ अन्तर्गत प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उठेका प्रश्न, गुनासा र सुझावहरुको जवाफ दिदै पालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाबासीसँग समन्वय र सहकार्य गरि पालिका भित्र रहेका सबै समस्याहरुको क्रमिक रुपमा समाधान गर्नमा सधैं तत्पर रहिरहेको बताउनुभयो । उहाँले पालिकाले कृषी, पर्यटन, खानेपानी, गोरेटो बाटो निर्माण लगायतका क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढ्नुपर्ने देखिएको र सबै समस्याहरु निराकरण गर्दै अघि बढ्ने कुरामा विश्वस्त रहन पालिकाका बासीन्दाहरुमा आग्रह समेत गर्नुभयो ।
पालिकाले जिम्मेवार शिक्षक कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम लगायतका कार्यक्रमहरु अघि सारेको र कार्यान्वयनको चरणमा रहेको समेत तिवारीको भनाई छ । सुनुवाई कार्यक्रममा शिक्षा र वडासंग उठेका जिज्ञासाहरुको जवाफ दिदै शिक्षालाई थप व्यवस्थित र गुणस्तरिय बनाउदै लैजाने अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्षले बताउनुभएको थियो भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले पालिकाबाट प्रवाह हुने सेवा सुविधाबारे जानकारी गराउँदै, सुनुवाईको उद्धेश्य माथी प्रकाश र चौमासिक अवधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
![](https://smartakhabar.com/wp-content/uploads/2023/01/jayalaxmi-tiff.gif)
अर्जुनचौपारी गाउँपालिका वडा नं ५ को कार्यालय पिपलडाँडामा सम्पन्न सुनुवाई कार्यक्रममा नेकपा माओवादी केन्द्र अर्जुनचौपारी गाउँपालिका अध्यक्ष डिल बहादुर क्षेत्री, पालिकाका चुणामणी घिमिरे, विष्णु प्रसाद तिवारी, नेत्र सापकोटा, सुजन लामिछाने, केशवराज खनाल, हरि प्रसाद सापकोटा, जानकी तिमिल्सिना, दिपक प्रसाद पौडेल, टंकप्रसाद सापकोटा लगायतले सडक बाटो, एकिकृत योजना, पालिकाका दुई धार्मिक तथा पर्यटकीय स्थलहरु थाप्ले र डहरे देउरालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने, व्यवसायिक सिपमुलक तालिम, आरुचौरको समग्र विकास, कृषी सडक तथा उपजको बजारीकरणमा सहजीकरण लगायतका राय र जिज्ञासाहरु राख्नुभएको थियो ।
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङ्ले स्वागत मन्तव्य, अर्जुनचौपारी गाउँपालिका वडा नंं. ५ का वडा अध्यक्ष बद्री प्रसाद पौडेलले धन्यवाद मन्तव्य र सामुदायिक रेडियो स्याङ्जा एफ एम तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।