पेट्रोल, डिजल र मट्टीतेलको मूल्य  घट्यो

असार ०२, २०८१


Price hike

नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।शनिवार मध्य रातदेखि लागू हुने गरि  उक्त मूल्य कायम हुनेछ।शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

निगमका अनुसार मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । यसैगरी, निगमले सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ रुपैयाँ कायम गरेको छ ।

निगमका अनुसार काठमाडौं, पोखरा र दिपायल वरपर  डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।