पेट्रोलियम पदार्थको मूल्यमा सामान्य वृद्धि
भदौ २९, २०८०

२९ भाद्र २०८०
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा सामान्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सुची पठाएकाले सोही अनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।

नेपाल आयल निगम लिमिटेडले भोलि शुक्रवार देखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर रु १ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु १८३ तथा डिजेलमा प्रतिलिटर रु १७३ रुपैयाँ भएको छ ।