राष्ट्रपति रनिङ शिल्डमा हितबहादुर र बिनिता सर्वोत्कृष्ट 

मङि्सर १०, २०८१     स्मार्ट संवाददाता


अर्जुनचौपारी गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् शैक्षिक महोत्सव -२०८१ मा पञ्चकन्या माविका हित बहादुर क्षेत्री र घण्टे मा.वि. का बिनिता क्षेत्री सर्वोत्कृष्ट हुनुभएको छ ।

गाउँपालिकाले आयोजना गरेको उक्त महोत्सवमा हित बहादुर क्षेत्रीले ७ स्वर्ण र १ रजत पदक प्राप्त गर्नुभएको थियो । उहाँले १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५०० मिटर दौड, १०० मिटर रिले, ४०० मिटर रिले र डोरी तान्ने प्रतियोगितामा स्वर्ण पदक जित्न सफल  हुनुभएको थियो भने कबड्डीमा रजत पदक जित्नुभएको  थियो ।

घण्टे मा.वि. का छात्रा विनिता  क्षेत्रीले  ४ गोल्ड मेडल जित्नुभएको थियो। उहाँले  १०० मिटर दौड, १०० x ४ रिले दौड, भलिवल र लङ्जम्पमा संवरण पदक जित्नुभएको हो।

उहाँले यसैगरी ४ x ४०० दौड र २०० मिटर दौडमा  २ रजत पदक जित्नुभएको थियो। यसैगरी कबड्डी र त्रिपलजम्पमा उहाँले २ कास्य पदक जित्नुभएको थियो।

त्यस्तै, कक्षा १ – ५ मा सबै भन्दा धेरै बिनिसा जीसीले ३ स्वर्ण र १ कास्य पदक हासिल गर्नुभएको थियो । उहाँले २०० मिटर दौड, ४०० मिटर रिले दौड र लङजम्पमा स्वर्ण पदक हासिल गर्नुभएको थियो भने १०० मिटर रिलेमा कास्य पदक जित्नुभएको  थियो ।

मसिंर ६ गतेदेखि ८ गतेसम्म अर्जुनचौपारी खेलमैदान भएको प्रतियोगितामा कुल ५०‌ वटा स्वर्ण, ५० रजत र ५० वटै काँस्य पदकका लागि प्रतिष्पर्धा भएको उक्त खेलमा करिब  ९०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा अमरज्योति मा.वि. मार्चपासमा उत्कृष्ट  भएको थियो ।