९ पुस २०७९, शनिवार
गोजिमा मट्याङ्ग्रा राख्दै गुलेली ताकेको हिजो जस्तै लाग्छ,
केही बेर याद आउँछ अनि खै कता भाग्छ भाग्छ ।
गुडिया खेल्दै गरेको भर्खरै हो की जस्तै लाग्छ,
बढेको पत्तै भएन, मात्र एउटा सपना झै लाग्छ ।।
साथी भाई बटुली गएको अझै पनि याद छ,
रुँदै रुँदै विद्यालय गएको अझै पनि याद छ ।
आँखामा कचेरा नाकमा सिँगान लिएर हिँडेको झल्को आउँछ,
तर त्यो सुनौलो दिनको यादले अझै पनि सताउँछ ।।
पंक्षी बनी उडेर त्यो निलो आकाश छुने रहर थियो,
माछा बनी सागरको गहिराई नाप्ने मन थियो ।
फाटिएको दश रुपैयाँ पनि हजारौं झै लाग्ने,
कसैले पैसा दिएपनि लुकी लुकी दोकान भाग्ने ।।
खोला जस्तै बग्ने समयको कति महत्व रैछ,
जिन्दगीको एउटा अनमोल भाग बालापन हैछ ।
कहिले पुरा हुन्न होला खेल