नेकपा(माओवादी केन्द्र)स्याङ्जाको सचीवमा कोइराला

फागुन २०, २०८१     स्मार्ट संवाददाता


नेकपा (माओवादी केन्द्र)स्याङ्जाको छैटौ पुर्ण बैठकले समितिको सचीव पदमा  मीन प्रसाद कोइराला (प्रतीक) लाई सर्वसम्मत  निर्वाचित गरेको छ। कोइराला २०४६साल देखि नेपालको राजनितीमा सक्रिय छन। २०४६ सालमा दहथुम मा.वि.  बाट विद्यार्थी राजनीति सुरू गरेका  कोइराला २०४९ सालमा अखिल भारत नेपाली एकता समाज ओखला एरिया कमिटिका सचिब बनेका थिए। कोइराला २०५२ सालमा दिल्ली राज्य समितिको सदस्य भयका थिए भने  २०५६ सम्म अखिल भारत नेपाली एकता मंचमा काम गरेका थिए।  कोइराला २०५७ साल देखि माओवादी जनयुद्दमा भुमिगत हुँदै राजनितिमा सकृय भएका  थिए।

२०६२/६३ को जनआन्दोलन र शान्ती सम्झौता पश्चात् खुल्ला राजनीतिक  जीवनमा फर्केका कोइराला आजभोलि युवा कृषि उद्धमीका रूपमा परिचित हुनु      हुनुहुन्छ।     हाल उहाँले स्याङ्जा जिल्ला सहकारी संघको सचिव र कालिका मा .वि. झापाकोटको अध्यक्षको जिम्मेवारी सम्हालीरहनु भएको छ ।