काँग्रेस एमाले संयन्त्र पालिका स्तरसम्म

माघ १७, २०८१     स्मार्ट संवाददाता


सत्ता सहकार्यमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलिय जिल्ला संयन्त्रको पहिलो बैठक विहिवार जिल्ला सदरमुकाम स्याङ्जामा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस स्याङ्जाका सभापती तथा प्रतिनिधि सभा सदस्य राजु थापाको अध्यक्षतामा जिल्ला समन्वय समितिमा बसेको बैठकले संयुक्त सरकारको अवधारणा अनुरूप सहकार्य गर्दै संयन्त्रलाई जिल्लाका सबै पालिकासम्म पुर्‍याउने निर्णय गरेको नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिनुभयो।

बैठकमा नेपाली काँग्रेसका सभापती राजु थापाले काँग्रेस एमाले गठबन्धन सरकारले गरेका राम्रा कामहरु जनस्तर सम्म पुगोस र केन्द्रीय सहकार्यलाई पालिका स्तरसम्म पुगोस भन्ने उद्देश्यका साथ संयन्त्रलाई पालिकास्तरमा पुर्‍याउन लागिएको बताउनुभयो ।

बैठकले जिल्लामा देखिएका र देखिनसक्ने विवाद, संघ संस्थाको नेतृत्वका सन्दर्भमा समेत एक आपसमा सहकार्य गर्दै टुंगो लगाउने समेतको निर्णय गरिएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । संयन्त्रको बैठकको अध्यक्षता आलोपालो प्रणाली अनुरूप सन्चालन हुनेछ ।

बैठकमा काँग्रेसका तर्फवाट कार्यवहाक सभापती केदार काफ्ले, पार्टी प्रवक्ता भरत लम्साल र नेकपा एमालेकाे तर्फवाट जिल्ला ईन्चार्ज सीता सुन्दास, जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारश )र सचिव रामचन्द्र भट्टराई सहभागी भएका थिए ।