रास्वपा सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

कार्तिक २०, २०८१     स्मार्ट संवाददाता


 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको हो ।

मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन म्याद थपिएको थियो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले भने राजनीतिक प्रतिशोधका कारण सभापतिलाई पक्राउ गरिएको र विनाकारण हिरासतको अवधी लम्बाइएको भन्दै मंगलबार पनि पोखरामा प्रदर्शन गरेका थिए।