सर्वोच्चद्वारा दिपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
कार्तिक २०, २०८१ स्मार्ट संवाददाता
गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री राजिव गुरूङ (दिपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहर हुनुभएको छ। सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको हो।