प्रहरी कर्मचारीद्वारा गम्भीर बिरामीलाई रक्तदान

कार्तिक १९, २०७९


राम बहादुर रोकाहा
१९ कार्तिक २०७९

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी कर्मचारीले जिल्ला अस्पताल स्याङ्जामा उपचाररत गम्भीर  बिरामीलाई रक्तदान गरेका छन् । जिल्ला अस्पताल स्याङ्जामा अचानक बिरामी भई उपचारका लागि गएकी स्याङ्जा पुतलीबजार नगरपालिका-३ कि ३४ वर्षीय कबिता वि.क.लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी जवान कमल सुनारले तत्कालै रक्तदान गरेर ज्यान बचाउनु भयो। रगतको अभावमा अप्ठ्यारोमा परेका बिरामीहरूलाई रक्तदान गरी “प्रहरी मेरो साथी” भन्ने नारालाई सार्थकता दिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बताउनुभयो ।

बिज्ञापन
विज्ञापन

निज बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल लगेकोमा रगतको मात्रा धेरै नै कमि रहेको र तत्काल रगत नदिइएमा ज्यान समेत जाने अवस्था रहेको समयमा प्रहरीले साथीको समान रहेको व्यवहार देखाउँदै रक्तदान गरेको र हाल बिरामीको स्वास्थ्य स्थिति सामान्य रहेको जिल्ला अस्पताल स्याङ्जाको प्रशासनले जानकारी दिएको छ ।
जिल्ला अस्पताल स्याङ्जामा रगत उपलब्ध नहुनुका साथै तत्काल ब्लड ग्रुप मिल्ने कोहि रक्तदान गर्ने नभेटिएको समयमा जिप्रका स्याङ्जामा कार्यरत निज जवानले आफ्नो ब्लड ग्रुप मिल्ने भएपछि तत्कालै रक्तदान गरेको बताए ।